२२ असार २०८३, सोमबार

भारतीय प्रधानमन्त्री मोदीको कार्यालय अघि नाङ्गै प्रदर्शन

कात्तिक २०, २०७४
भारतीय प्रधानमन्त्री मोदीको कार्यालय अघि नाङ्गै प्रदर्शन
काठमाडाैं, २७ चैत- आफ्नो माग पुरा गर्न दवाव दिदै २८ दिनदेखि भारतको राजधानी नयाँ दिल्लीमा आन्दोलन गर्दै आएका आन्दोलनकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय अगाडि नाङ्गो भएर प्रदर्शन गरेका छन् ।
तामिलनाडुका किसानले सोमबार साउथ व्लक अन्तरगत प्रधानमन्त्रीको ढोका अगाडि विना कपडा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा किसानहरुले नाराबाजी समेत गरेका थिए । यसपछि छलफलका लागि भन्दै ७ जना किसानलाई अधिकारीहरुले प्रधानमन्त्री कार्यालय भित्र लगेका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालयका अधिकारीसँग किसानको वार्ता तय भएको थियो , तर वार्ता एक्कासी रोकियो । जसका कारण आक्रोशित बनेका उनीहरुमध्ये केही आन्दोलनकारीले कपडा खोले र सडकमा सुतेर प्रदर्शन गर्न थाले । त्यसपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउने कोशिश गरेको थियो तर उनीहरु लगातार नाराबाजी गरिरहे ।

तामिलनाडुका दर्जनौ किसान दिल्लीको जन्तर मन्तरमा लगभग एक महिना देखि धर्नामा बसेका छन् । उनीहरुले ऋण माफी, ४० हजार करोडको सूख्खा राहत प्याकेज लगायका माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्