२८ जेठ २०८३, बिहीबार

विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदारले ल्यायो नक्कली उपकरण

मंसिर ३०, २०७६
विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदारले ल्यायो नक्कली उपकरण

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले विमानस्थलमा प्रयोग हुने सामान नै नक्कली ल्याएको पाइएको छ । चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले विमानस्थलका धावनमार्ग, ट्याक्सी–वे तथा टर्मिनल भवन वरपर प्रयोग गरिने ‘लाइटिङ सिस्टम’का सामान नक्कली ल्याएको भेटिएको हो । 

कम्पनीले लाइटिङका लागि आवश्यक पर्ने ३७ करोड रुपैयाँ मूल्यबराबरको सामान ल्याएको छ । ‘ती प्रायः सबै नक्कली छन्,’ स्रोतले भन्यो । नक्कली सामान जोड्न लागेको तथ्य विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले सूचना पाएर चेक–जाँच गर्दा उक्त तथ्य बाहिर आएको हो । ‘चिनियाँ कम्पनीले सीधै नक्कली सामान जडान गरेर ठग्न खोजेको पाइएको छ,’ प्राधिकरणका एक प्राविधिकले भने । आयोजनाले ती सामान जडान गर्न दिएको छैन । 

कम्पनीले चिनियाँ दूतावासदेखि उच्च राजनीतिक नेतृत्वसम्म हारगुहार गरेर सोही सामान जडानका लागि लबिङसमेत गरिरहेको छ । ‘कम्पनीले नेपाली राजनीतिक दलका नेतादेखि चिनियाँ उच्च अधिकारीको समेत भनसुन लगाएर सोही सामान जडान गर्न दबाब दिइरहेको छ,’ प्राधिकरण उच्च स्रोतले भन्यो  । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

तीन हजार मिटर लामो र ४५ मिटर चौडा रहेको धावनमार्गको चारैतर्फ सयौँ बत्ती जडान गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा समेत सोही कम्पनीले लाइटिङ सिस्टम जोड्नेछ । सबै स्थानमा जोड्न ल्याइएका बत्ती नक्कली पाइएको छ ।

‘कम्पनीले चीनबाट सस्तोमा ल्याएको देखिन्छ, जुन थोरै समयका लागि मात्र टिक्छन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लाइटिङ सिस्टम हुँदैन ।’ चिनियाँ कम्पनीले स्थान  रेर फरक–फरक क्षमताका बत्ती हुनुपर्नेमा अर्कै सामान ल्याएको भेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्