२१ जेठ २०८३, बिहीबार

नयाँ श्रममन्त्री यादव भन्छन् - रोजगारीका लागि युरोप र जापान छिट्टै खुल्छन्

मंसिर ३०, २०७६
नयाँ श्रममन्त्री यादव भन्छन् - रोजगारीका लागि युरोप र जापान  छिट्टै खुल्छन्

नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले नेपालीका लागि निकट भविष्यमै जापान र युरोपका लागि रोजगारीको अवसर सिर्जना गर्ने बताएका छन् ।

आप्रवासी कामदार दिवस २०१९ को अवसरमा आइतवार सर्लाहीमा आयोजित 'विदेशबाट आएको विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती' विषयक छलफल कार्यक्रम उद्घाटन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका लागि जापानासहित युरोपेली युनियनमा आबद्ध देशहरूमा समेत रोजगारीका अवसर सिर्जना गर्न पहल भइरहेको जानकारी दिए ।

'नेपालीले खाडी मुलुकमा मात्र परिश्रम बगाउने हैन, अब सीप र दक्षता अनुसार जापान तथा युरोपेली मुलुकमासमेत काम गर्न पाउनुपर्छ भन्नेमा हामी लागिपरेका छौं,' मन्त्री यादवले भने, 'विकसित मुलुकमा वैदेशिक रोजगारीका अवसर सिर्जना गर्न सकिए मुलुकलाई निकै फाइदा पुग्ने निश्चित छ ।'

यसअघिका श्रममन्त्री गोकर्ण बिष्टकै पालामा जापान कामदार पठाउने सम्बन्धमा जापान सरकारसँग केही सहमति भइसकेको अवस्था छ । सहमतिअनुसार भाषा र सीप परीक्षा सम्पन्न भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्