१६ असार २०८३, मंगलबार

मरिसकेका व्यक्तिको नाममा ६ वर्षको भक्ता खाए यी गाविस सचिवले

कात्तिक २०, २०७४
मरिसकेका व्यक्तिको नाममा ६ वर्षको भक्ता खाए यी गाविस सचिवले

काठमाडौं, २८ चैत –रुपन्देहीका एक गाविस सचिवले मृत्यु भइसकेका व्यक्तिका नाममा ६ वर्षको सामाजिक सुरक्षा भक्ता अपचलन गरेका छन् । रुपन्देहीको तत्कालिन मानपकडी गाउँ विकास समितिका गाविस सचिव शालिकराम भट्टराईले झुटा लगत तयार गरी मृत्यु भएका एक व्यक्तिका नाममा ठूलो रकमको सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले तत्कालित गाविस सचिव भट्टराईले मृत्यु भइसकेका व्यक्तिका नाममा आर्थिक वर्ष (आव) २०६५/६६ देखि २०७०/७१ सम्मको रकम हिनामिना गरेको भेटिएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गलत भरपाई तयार गरी मृत्यू भईसकेका व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता निकाली अनियमितता गरेको भन्ने बिषयको उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा अख्तियारले यस्तो तथ्य फेला पारेको हो ।

गाविस सचिव भट्टराई स्वयंले मृत्युदर्ता प्रमाणपत्र जारी गरिसकेका व्यक्तिहरूको नाममा आव २०६५/६६ देखि २०७०÷७१ सम्म प्रत्येक आर्थिक बर्षमा झुठ्ठा लगत खडा गरी सामाजिक सुरक्षा भत्ता वितरण भएको भरपाई बनाएर उक्त सामाजिक सुरक्षा भत्ता वापतको रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

तत्कालिन गाविस सचिव भट्टराईले गैरकानुनी लाभ प-याउने र नेपाल सरकारलाई गैरकानुनी हानी पु-याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

उनले सामाजिक सुरक्षा भत्ता लगत रजिष्टरमा नामहरु पुनः उल्लेख गरेको र आफू अन्यत्र सरुवा हुँदा उक्त भरपाई कागजातहरू लोप गराउने कार्य गरेको पनि अख्तियारले जनाएको छ ।

उनीविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १२ बमोजिमको कसूर गरेको पुष्टी भएको अख्तियारले बताएको छ ।

भट्टराईविरुद्व एक लाख दुई हजार पाँच सय रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्