२९ असार २०८३, सोमबार

फागुन २–७ गतेसम्म भृकुटीमण्डपमा क्यान इन्फोटेक हुँदै

फागुन २–७ गतेसम्म भृकुटीमण्डपमा क्यान इन्फोटेक हुँदै

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आगामी फागुन २ देखि ७ गतेसम्म क्यान इन्फोटेक २०२० काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानले सम्मेलन आयोजना हुनेबारे जानकारी गराएको हो ।

नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यसपालि २६ औं संस्करण रहेको जनाइएको छ । सम्मेलन ६ दिनसम्म चल्नेछ ।

सन् २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिँदैछ । प्रदेश नम्बर १ को इटहरी, प्रदेश नम्बर २ को वीरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय तथा प्रदेश ५ को नेपालगञ्ज मा जिल्ला स्तरीय प्रर्दशनीको आयोजना गरिने छ । 

२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रायोजन प्रभू पे, एसोसिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड,  अफिसियल इन्सोरेन्स (प्रभू इन्सोरेन्स तथा टिकट पार्टनरमा इ–पेले प्रायोजन गरेको छ । सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले गरेको छ भने एसोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको छ । 

प्रायोजकले स्तर अनुसारको स्टल तथा भीआईपी तथा सामान्य पासहरू, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यमका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनी जस्ता सुविधा पाउने छन् ।  
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्नेछ ।

ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । ‘स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीबीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि हामीले लिएका छौं,’ क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।’

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने जनाइएको छ । 

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरू रहने छन्, जसमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने विज्ञप्तिमा उल्लेख छ ।

अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् । 

त्यसैगरी, आर्टी्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । 

गत वर्ष करीब ३ लाख ७६ हजारभन्दा बढीले अवलोकन गरेको मेलामा यो वर्ष ४ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको क्यानका महासचिव नारायण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्