२२ असार २०८३, सोमबार

निर्वाचनमा ४० प्रतिशत युवाको उम्मेदवारी माग

कात्तिक २०, २०७४
निर्वाचनमा ४० प्रतिशत युवाको उम्मेदवारी माग

कठमाडौ २८ चैत - युवा सङ्घ नेपालले तीनै तहको निर्वाचनमा युवाको ४० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग राख्दै आज नेकपा(एमाले)का कावा अध्यक्ष वामदेव गौतमलाई ज्ञापनपत्र बुझाएको छ ।Local_election
सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले पार्टी कार्यालय धूम्रबाराही पुगी स्थानीय, प्रदेश र केन्द्रमा युवाको ४० प्रतिशत उम्मेदवारीको माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्घका महासचिव किरण पौडेलले जानकारी दिनुभयो ।
उहाँले पार्टीमा धेरै युवाको योगदान भएकाले अवको निर्वाचनमा युवाहरुलाई पनि उम्मेदवार गराउनका लागि ज्ञापन पत्र बुझाइएको बताउनुभयो । ‘‘पार्टीका सबै आन्दोलन कार्यक्रममा युवाको सक्रिय सहभागिता हुने गरेको छ । आन्दोलनका वाहक युवालाई बनाउने गरिएको छ’’, उहाँले भन्नुभयो–‘‘तर युवाहरुलाई राज्यका निकायमा कहीँ नसमेट्ने गरिएकाले आउँदो निर्वाचनमा युवाको प्रतिनिधित्वका लागि हामीले पार्टीसंँग माग गरेका हौँ ।’’
ज्ञापनपत्रमा निर्वाचनको घोषणापत्रमा समेट्नुपर्ने ५२ बुँदाको सुझावसमेत दिइएको छ । घोषणापत्रमा युवामैत्री राज्य स्थापना गरिनुपर्ने, युवालाई स्वदेशमा नै रोजगारीमूलक कार्यक्रम ल्याइनुपर्ने, शिक्षा स्वास्थ्यमा युवाको सहज पहुँच पु¥याइनुपर्ने जस्ता माग गरिएको छ । एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र समिति बनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्