२१ असार २०८३, आइतबार

एक किलो युरेनियमको १८ करोड, मुस्ताङमा रहेको ३५ टनले मुलुक हुन सक्छ कायापलट

एक किलो युरेनियमको १८ करोड, मुस्ताङमा रहेको ३५ टनले मुलुक हुन सक्छ कायापलट

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ ।

विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।

एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई 'युरेनियम-२३५' भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करीब १८ करोड रुपियाँ) पर्छ ।

यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करीब १८ अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ ।

विभागका अनुसार नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको छ । यी सबैबाट नेपालले ३५ टन शुद्ध युरेनियम निकाल्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्