०४ साउन २०८३, सोमबार

चैत महिनामा गायक खुमन र गायिका शुसिलाको बिहे (भिडियो सहित )

कात्तिक २०, २०७४
चैत महिनामा गायक खुमन र गायिका शुसिलाको बिहे (भिडियो सहित )
गुल्मी चैत २९ - गितको भिडियो हेरेपटी झट्ट हेर्दा जो कोहि झुक्कीन्छन् गायक खुमन अधिकारी र शुसिला गौतमको बिहे भनेर । एक पटक बिहे गरि सकेका चर्चित गायक खुमन अधिकारीलेको हालै बजारमा आएको ‘माइतीघरको माया’ पञ्चेवाजाको गितमा दोस्रो पटक बेहुलाको रुपमा देखा परेका छन् भने हाल सम्म बिवाह नगरेकी शुसिला दुलहीको रुपमा देखे पछी यतिबेला बजारमा यो गितको निकै चर्चामा छ ।

केहि दिन अघि गायक अधिकारी र गायिका गौतमलाई बिहेको मण्डपमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि त्यो एउटा म्यूजिक भिडियोको सुटिङ थियो । वास्ताबिक बिहेमा हुने सबैकुरा देखिने त्यो माहोल एउटा गितको भिडियोको लागि मात्र तयार पारिएको थियो । लोकप्रिय गायिका गौतमको नयाँ पञ्चेबाजा गीत ‘माइतीघरको माया’ बोलको गीत बजारमा आएको छ ।

गायक खुमन अधिकारी र सुशीला गौतमले आवाज दिएको गीतमा गौतमको आफ्नै लय तथा शिव हमालको शब्द रहेको छ । म्यूजिक भिडियोमा पनि गायक अधिकारी र गायिका गौतमको नै अभिनय देख्न सकिन्छ । गौतमले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छन् । भिडियोमा मोडल महेन्द्र गौतम र रिना थापाले पनि अभिनय गरेका छन् ।

उनीहरुलाई बेहुला बेहुलीको लोकन्तीको भूमिकामा देख्न सकिन्छ । गायिका गौतमले आफ्नै युट्युबमार्फत गीतलाई बजारमा ल्याएकी छन् । मायाँ प्रेममा अधारित उक्त एउटा बिहे भएर जाने चेलीले आफनो माइती तर्फको मायाँलाई मुख्य कथा बस्तुमा राखिएको गायिका गौतमलेृ बताइन् ।

नयाँ वर्ष सगै बैशाख महिनाको लगनको महिनालाई मध्य नजर राखेर उक्त गित तयार पारिएको गौतमले बताईन् । बैखाख महिनामा धेरै नव जोडीको यसै गरि बिहे हुने छ यो गितले पनि यस्तै खोजेको उनको भनाई रहेको छ । जस्तो सुकै राम्रो मान्छे पाए पनि माइती घर छोड्दा चेलीको मन दुखेको कथा बस्तु गितमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्