३० असार २०८३, मंगलबार

भारतीय राजदूत पुरीको विदाइ भेटः देउवाको ‘लन्च’, प्रधानमन्त्रीको ‘करुवा’ उपहार

भारतीय राजदूत पुरीको विदाइ भेटः देउवाको ‘लन्च’, प्रधानमन्त्रीको ‘करुवा’ उपहार
तस्वीर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीटरबाट।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर १५ पुसमा स्वदेश फर्किने तयारीमा छन्। 

आफ्नो कार्यकाल सकिनै लाग्दा उनी अहिले विदाइ भेटमा व्यस्त छन्। केही दिन अघिसम्म बहालवाला मन्त्रीहरूसँग भेट गरेका पुरीले सोमबार मात्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे।
उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रम ओलीले राजदूत पुरीलाई करुवा उपहार दिए।

राजदूत पुरी कांग्रेस सभापति देउवालाई भेट्न सोमबार उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। सो अवसरमा देउवाले उनलाई लन्च पनि खुवाए।  लन्चमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेता पनि सहभागी थिए।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पुरीको बिदाइमा दरबारमार्गस्थित होटल याक एण्ड यतीमा कार्यक्रम गरेको थियो।

पुरीको बिदाइ भेटमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुरसहितका नेताहरु उपस्थित थिए ।  पुरी २५ मार्च २०१७ मा  राजदूत बनेका थिए।  
 

salt training

कमेन्ट गर्नुहोस्