
बेलुकी ५ बजे नै काठमाडौं उपत्यकाको रात्रि जीवन सकिने भएकाले यसलाई बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले यस क्षेत्रका स्थानीय सरकार प्रमुखसँग आग्रह गरेका छन् ।
बुधवार भ्रमण वर्षको सन्दर्भमा उपत्यका र आसपासका महानगरसहित १९ वटा नगरपालिकाका मेयर तथा उपमेयरसँगको छलफलका क्रममा उनले राजधानीजस्तो ठाउँमा रात्रि जीवन हुनुपर्ने बताए ।
'रात्रि जीवन ब्युँताउन नै हामीले भ्याली बाइ नाइटको कुरा ल्याएका हौं', उनले भने, 'यसमा सबै नगरपालिका सक्रिय हुनुपर्यो ।' गोरखापत्र दैनिकमा खबर छ ।