०९ साउन २०८३, शनिबार

सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग छोपिने

पुस १०, २०७६
सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग छोपिने

बिहीवार लागिरहेको खण्डग्रास सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग छोपिने बताइएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरी एन्ड साइन्स म्यूजिएम विकास बोर्डका अनुसार ग्रहणको प्रभाव मुलुकका भूभागअनुसार फरक पर्नेछ ।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार काठमाडौंमा ग्रहण ८ बजेर ४३ मिनेट जाँदा शुरू भएर ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ। त्यस्तै महेन्द्रनगरमा ग्रहण ८ जेर ३८ मिनेटबाट सुरु भएर ११ बजेर १९ मिनेट गएपछि अन्त्य हुनेछ। 

झापाको भद्रपुरमा ८ बजेर ४८ मिनेट गएपछि सुरु हुनेछ। अन्त्य ११ बजेर २७ मिनेट गएपछि अन्त्य हुनेछ। यहाँ ग्रहण अवधिभर सूर्यको भाग ३९ प्रतिशत छोपिनेछ। ग्रहण अवधिभर भद्रपुरमा सूर्यको भाग ३६ प्रतिशत मात्र छोपिनेछ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ। सूर्यग्रहण केवल चन्द्रमाको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।

बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट खण्डग्रासमात्र देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।  ‘बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण १० बजेर १ मिनेट जाँदा मध्ये हुनेछ भने ११ बजेर ३१ मिनेट जाँदा सकिनेछ’, भट्टराईले भने। 

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सूर्यग्रहणको अवलोकनको निःशुल्क व्यवस्था गरेको छ। बिहीबार बिहान ८ : ३० देखि ११ : ४५ बजेसम्म सूर्यग्रहण हेर्न सकिने अध्यक्ष भट्टराईले बताए। वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी नहुने उनको भनाइ छ।   त्यसैगरी बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले सूर्यग्रहणको अवलोकनका लागि व्यवस्था मिलाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्