वैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन् ।’
यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन् । क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेन्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको भइरहन्छ ।
अमेरिकास्थित नासाले भनेको छ, ‘यी कण पूर्णतः हानिरहित भएकाले मानिसलाई कुनै असर पुर्याउँदैन ।’
आज खण्डग्रास सूर्यग्रहण । विशेषज्ञहरूले ‘गर्भवतीले सूर्य ग्रहण हेर्दा बच्चामा नकारात्मक असर पुग्ने प्राचीन मान्यता गलत भएको’ बताएका छन् ।
नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्नेबाहेक कुनै शारीरिक हानि नहुने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार ग्रहणको समयमा तयार पारिएको खाना खाँदासमेत कुनै असर पर्दैन । कान्तिपुर दैनिकमा खबर छ ।