संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरक्षा गार्डमा पठाउन तोकिएभन्दा बढी रकम असुलेको उजुरीपछि वैदेशिक रोजगार विभागले आरबी ओभरसिज म्यानपावरमा मंगलवार छापा मारेको छ ।
सुरक्षा गार्डका लागि भोजपुरका पासाङ नोर्बु शेर्पाले आफूसँग ५ लाख रुपैयाँ मागेको भन्दै विभागमा उजुरी दिएका थिए ।
म्यानपावरले ५ लाख नदिएपछि उनलाई यूएई पठाएको थिएन । शेर्पाले ५० हजार रुपैयाँ दिइसकेका थिए ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले म्यानपावरका सबै कागजात जफत गरिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।