११ साउन २०८३, सोमबार

बाथरूममा लडेर टाउको ठोकिएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

बाथरूममा लडेर टाउको ठोकिएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो सरकारी निवासमा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका छन् । सोमवार उक्त घटना भएपछि रातभरि अस्पतालमा बसेर भोलिपल्ट उनले छुट्टी पाएका हुन् । 

ब्राजिलका ६४ वर्षीय राष्ट्रपतिलाई चुनाव अभियानताका सन् २०१८ को सेप्टेम्बर महिनामा चक्कु आक्रमण गरिएयता अहिले आएर स्वास्थ्यमा समस्या देखिएको हो । 

बोल्सोनारोले ब्रासिलियास्थित आर्म्ड फोर्सेस हस्पिटलमा चिकित्सकहरूको निगरानीमा रात बिताएका थिए । उनलाई आराम गर्न सिफारिश गर्दै अस्पतालले विज्ञप्ति निकालेको छ । 

बोल्सोनारो सोमवार अबेर राति बाथरूममा चिप्लिएर लडेका थिए । उनी राष्ट्रपति बनेदेखि नै उनको स्वास्थ्यका विषयमा चिन्ता व्यक्त गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्