०७ साउन २०८३, बिहीबार

प्रचण्डले चितवन पुगेर सम्झिए देवता र शास्त्र !

प्रचण्डले चितवन पुगेर सम्झिए देवता र शास्त्र !

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाद्वारा आयोजित १६ औं हात्ती महोत्सवको बिहीवार सौराहामा शुभारम्भ गर्दै उनले पर्यटन क्षेत्रको विकास कहिल्यै नसकिने बताए । 

‘अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैं विकासको खाँचो परिरहन्छ,’ उनले भने ।

अध्यक्ष दाहालले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गरेको बताए । ‘निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको छ । नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्नेछ,’ उनले भने ।

हात्तीको प्रयोग मानिस मात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रमा धेरै लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘मानवलाई वन्यजन्तुको सहयोग र वन्यजन्तुलाई मानवको सहयोग चाहिन्छ । मानव र वन्यजन्तुबीचको सुमधुर सम्बन्धमा खाडल पैदा गर्नु हुँदैन ।’

दुलहीझैं सिँगारियो सौराहा

महोत्सवलाई लक्षित गरी सौराहालाई ध्वजापतकाले दुलहीझैं सिँगाारिएको छ । महोत्सव अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड लागेको छ ।

महोत्सवअन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती द्रुत हिडाई, हात्तीका छावाबीचमा रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता आयोजना हुनेछन् ।

हात्तीको द्रुत हिँडाइमा ३० वटा हात्ती सहभागी हुनेछन् । हात्ती पोलो र हात्तीको छावाको फुटबल प्रतियोगितामा समान ४ टोली सहभागी हुने खेल संयोजक अञ्जान पाण्डेले जानकारी दिए । हात्ती सुन्दरी प्रतियोगितामा ५ टोली सहभागी हुने बताइएको छ ।

महोत्सवमा यसपटक राष्ट्रियस्तरको महिला भलिबल खेल समावेश गरिएको छ । बामाघमारा मध्यवर्ती सामुदायिक वनमा शुक्रवारदेखि शुरू हुने महोत्सव पुस १८ गतेसम्म जारी रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्