
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले युवा विद्यार्थी देशको भविष्यको कर्णाधार भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले विद्यार्थीसमाज परिर्वतनको संकल्प हुनुपर्ने बताए।
पोखरामा आयोजित कार्यक्रममा नेता नेपालले व्यक्तित्व विकास गर्दै समाज परिर्वतन गर्ने दृढता र संकल्प राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
विद्यार्थी नेता बनेर पदको दुरुपयोग गर्ने र पैसाको बार्गेनिङ गर्ने नभएको उल्लेख गर्दै नेता नेपालले भने, ‘समाजलाई माथि उठाउन र सबैलाई सहयोग गर्ने भावनाबाट आगाडि बढ्नुपर्दछ । ज्ञानको क्षितिजलाई फराकिलो बनाउनुपर्छ।’