जेठ २०, २०८०
पाथीभरा मन्दिरमा १०० दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । ईलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न शुरू गरिएको हो । समितिका अनुसार...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।
यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो । तर पाण्डवले धर्म नष्ट हुन्छ भनेर कौरवसँग युद्ध नगर्ने सम्भावना पनि प्रबल थियो ।
त्यसैले योगेश्वर कृष्णले युद्धका लागि त्यस्तो भूमि छान्नुभयो जहाँ क्रोध र द्वेष पर्याप्त होस् । महाभारत युद्ध हुने निश्चय भएपछि युद्धभूमि खोज्नका श्रीकृष्णले अनेकौं दूत चारैतिर दौडाउनुभयो । ती दूतहरू जहाँ जान्छन् त्यहाँको विशेष घटना के रहेछ बुझेर आफूलाई बताउन उहाँले लगाउनुभयो ।
कुरुक्षेत्र पुगेको दूतले सुनाएको वृत्तान्तका आधारमा भगवानले युद्ध भूमि निश्चित गर्नुभयो । के भने दूतले ? एकचोटि कुरुक्षेत्रमा घनघोर वर्षा भइरहेको थियो ।
एक ठाउँमा ठूलो दाजुले आफ्नो सहोदर भाइलाई वर्षाबाट फसल जोगाउनका लागि आली बनाउन लगायो । भाइले त्यसो गर्न स्पष्ट रूपमा इन्कार गरेपछि दाइ रिसले आगो भयो अनि भाइलाई छुरा धँसेर मारिदियो । त्यसपछि उसले भाइको लाशको खुट्टा घिसारेर त्यही लाशकै आली बनाइदियो । यस्तो नृशंस हत्याको कथा सुनेर श्रीकृष्णले यो ठाउँ भाइहरूबीच युद्धका लागि उपयुक्त रहेको निश्चय गर्नुभयो ।
यहाँ पुग्दा मस्तिष्कमा जस्तो प्रभाव पर्छ त्यसले प्रेम र सन्धिवार्ता हुन दिँदैन भन्ने श्रीकृष्णलाई थाहा थियो । हुन पनि त्यही भयो । यो युद्धमा नातासम्बन्धका सबै सीमाहरू भत्काइए ।
पर्याप्त रगत बग्यो यहाँ । त्यसैले शुभ अशुभ विचार वा कर्मको संस्कार भूमिमा समाहित भएर बसेको हुन्छ । त्यसैले शुभ विचार राख्ने र शुभ कार्य गर्नाले भूमि, पर्यावरण र प्रकृतिमा त्यसको असर पर्छ ।
पाथीभरा मन्दिरमा १०० दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । ईलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न शुरू गरिएको हो । समितिका अनुसार...
मानश तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज बिहीवार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको बोलबम परिवार ना...
वैदिक सनातन धर्मावलम्बीले आज बुधवार आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोप...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो । बिहान ८ ब...
पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि शुक्रवारदेखि ७ दिने कालिका महापुराण पनि शुरू भएको छ ।...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...