भारतको गुजरातकी एक महिला शिक्षकले ५ नवजात शिशुको ज्यान बचाएकी छन्। २९ वर्षीया शिक्षक रुसिना मारफातियाले ३ महिनासम्म आफ्नो १२ लिटर दूध दान गरेर गम्भीर विरामी, अविकसित र आपतकालमा रहेका शिशुको ज्यान जोगाएकी हुन्।
ती नवजात शिशु आईसीयूमा भर्ना थिए। र, उनीहरुको जन्म पनि निर्धारित समयभन्दा अघि नै भएको थियो। शिक्षक मारफातियाले अर्पण नवजात शिशु हेरचाह केन्द्रमार्फत् सहयोग गरेकी हुन्।
अर्पण नवजात शिशु हेरचाह केन्द्रकी डा आशीष मेहताका अनुसार रुशिनाको ब्रेस्ट दूध ६०० ग्रामदेखि १.५ लिटर शिशुलाई दिइएको हो। यसबाट नवजात शिशुको ज्यान जोगियो।
अहमदाबादकी एक निजी कलेजकी शिक्षक रुशिनाले २० सेप्टेम्बरमा छोरा जन्माएकी हुन्। उनलाई दूध अधिक बनिरहेको थियो। र, दूध दान गरिन्। एजेन्सी