१४ असार २०८३, आइतबार

काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
फाइल फोटो

काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए ।

उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमन समेत गर्दै आएका छन् । यसक्रममा शनिवार मन्त्री नेम्वाङले कलंकी–नागढुंगा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र सवारी आवतजावतलाई सुचारु बनाइराख्न निर्देशन दिए ।

काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ र  प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया लगायत सहभागी थिए ।

चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल, माइतीघर–तीनकुने लगायतका सडक खण्डमा मन्त्री नेम्वाङले अनुगमन गरेका थिए । नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । 

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विगतका वर्षभन्दा चालू आवमा सडक मर्मतमा बढी बजेट विनियोजन भएको जानकारी दिए । सडक बोर्डले चालू आवमा झण्डै ७० प्रतिशत राष्ट्रिय राजमार्गको मर्मत तथा  ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने जनाएको छ ।

सरकारले सडक बोर्ड नेपाललाई गत आवमा भन्दा झण्डै ३ अर्ब रुपैयाँ बढी बजेट सडक मर्मतका लागि विनियोजन गरेको छ । उनले भने, ‘गत वर्षमा काठमाडौं उपत्यकाका सडक मर्मतमा कम बजेट छुट्याउने गरिएकामा चालू आवमा उपत्यकाका लागि बढी विनियोजन भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्