काठमाडौं, २९ चैत– सरकारले स्थानीय तहको निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न गृहमन्त्रालयलाई स्वीकृति दिएको छ । यद्यपी म्यादी प्रहरी भर्नाको प्रक्रिया भने सकिइसकेको छ ।

बरियता विवादका कारण सरकारले म्यादी प्रहरी भर्ना बारेको गृहको निर्णयलाई अनुमोदन गर्न नसकेकिरहेको बेला आजको क्याबिनेट बैठकले भने सो निर्णय गरेको हो ।
बैठकले सप्तरी घटनामा परी मृत्यु भएका इन्दल यादवको परिवारलाई क्षतिपूर्ति वापत १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
सरकारले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि नियमावली संसदमा पेश गर्न पनि स्विकृत प्रदान गरेको छ । यस्तै नेपाली सेनालाई एउटा जहाज किन्न अनुमति पनि दिने निर्णय गरेको छ । सो प्रस्ताव रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।