
सरकारले तीनवटा जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ।
लगानी बोर्डले माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजना, मस्र्याङ्दी बेसी जलविद्युत परियोजना, माथिल्लो त्रिशुली-३ बी को लगानी स्वीकृत गरेको हो।
बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो त्रिशुली-१ को ६५ अर्ब, मस्र्याङ्दी बेसीको ११ अर्ब ७७ करोड ५५ लाख र माथिल्लो त्रिशुली ३ बी को ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गरेको हो।
यसैगरी, बैठकले अरुण घ जलविद्युत परियोजनाको छ्याङकुटी-दिदिङ प्रवेशमार्ग रहेको मुआब्जा विवाद समाधान गर्न गठित छानबिन समितिलाई प्राविधिकहरुसहितको थप जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ। र, उक्त समितिले २ महिनाभित्र यथार्थ विवरण पेश गर्नुपर्ने छ ।
यस्ता छन् अन्य निर्णय