२१ असार २०८३, आइतबार

मेनपावर व्यवसायी गुरुङको घरमा र जनकपुरमा विस्फोट गराउने समूह एउटै

पुस १४, २०७६
मेनपावर व्यवसायी गुरुङको घरमा र जनकपुरमा विस्फोट गराउने समूह एउटै

गत वर्ष वसुन्धरास्थित मेनपावर व्यवसायी रोहन गुरुङको घरमा भएको विस्फोट र जनकपुर विस्फोटमा संलग्न व्यक्ति एउटै रहेको प्रहरीको निष्कर्ष छ ।

गुरुङको घरमा विस्फोट गराउन विप्लव समूहअन्तर्गतको युवा संगठन नेपालको केन्द्रीय सचिव तथा युवा संगठन मध्य कमान्ड इन्चार्ज सञ्जीव लामा शिशिर संलग्न थिए । जनकपुर विस्फोटमा लामाकै संलग्नता देखिएको छ । प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।

लामासँगै विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनको केन्द्रीय कोषाध्यक्ष तथा पूर्वी कमान्ड इन्चार्ज तिलक गुरुङ रोज, केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव ओकिल घर्तीमगर, अखिल क्रान्तिकारी उदयपुरका जिल्ला सदस्य दीपक तामाङलाई पक्राउ गरेको छ ।

सोही क्रममा प्रहरीले सोलुखुम्बु इन्चार्ज भोजपुर ट्याम्केमैयुम–९ लेकखर्कका त्रिलोचन विश्वकर्मा र युवा संगठन नेपाल केन्द्रीय समितिका अध्यक्ष दीपराज शेर्पालीलाई पनि पक्राउ गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्