२६ असार २०८३, शुक्रबार

फिलिपिन्समा मृत्यु हुनेको संख्या ४७ पुग्यो, अझै ९ बेपत्ता

फिलिपिन्समा मृत्यु हुनेको संख्या ४७ पुग्यो, अझै ९ बेपत्ता

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । 

अधिकारीहरूले दिएको जानकारी अनुसार सोमवारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरू नौ जना अझै हराइरहेका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्का अनुसार मध्य र उत्तरपूर्वी फिलिपिन्सका चार ठाउँमा मृत्यु हुनेहरुको कुल संख्या ४७ पुगेको हो । 

परिषद्का अनुसार इलोइलोमा १६ जना, कापिजमा ५ जना, अक्लानमा ५ जना, सेबु र दक्षिणी लेयाटमा १÷१ जना, लेयाटमा ५ जना, विलिरनमा १ जना, पूर्वी सामरमा ५ जना, सामरमा १ जना, ओरियन्टल मिन्डोरोमा ५ जना र अक्सीडेन्टल मिन्डोरोमा दुई जनाको मृत्यु भएको छ ।  

घटनामा परी १४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरी र स्थानीय अधिकारीहरुले डुबानमा परेर, रुखले च्यापेर र विद्युतका कारण उनीहरूको मृत्यु भएको जनाएका छन् ।

हजारौं व्यक्ति अझै पनि विस्थापित भएकोले उनीहरूलाई सहयोगको आवश्यकता भएको बताइएको छ । 

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो ।

कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकारीले जनाएका छन् । 

त्यसैगरी सडक र विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्ध गरिएको थियो । 

Photo : CNN

salt training

कमेन्ट गर्नुहोस्