०९ असार २०८३, मंगलबार

प्याजमा पनि घुस, सशस्त्र प्रहरीका जवान अख्तियारकाे फन्दामा

प्याजमा पनि घुस, सशस्त्र प्रहरीका जवान अख्तियारकाे फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई पक्राउ गरेको छ। 

मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ। 
 आरोपी सशस्त्र प्रहरी जवानको छानविन भइरहेको आयोगले जनाएको छ ।  

त्यस्तै, वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ। 

आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस मामागेका थिए। सेवाग्राहीसँग  १५ हजार घुस लिएका उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्