०३ असार २०८३, बुधबार

यसरी गरौं एसिडिटी नियन्त्रण

पुस १५, २०७६
यसरी गरौं एसिडिटी नियन्त्रण

एसिडिटी आमसमस्या हो । अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण यो समस्या निम्तिन्छ ।

अमिलो, पिरो, तारेको, पोलेको खानेकुरा , अत्यधिक चिल्लो खानेकुरा, समयमा खाना नखानु आदि कारणले गर्दा एसिडिटीको समस्या हुने गर्छ । त्यस्तै, एकैसाथ धेरै खानेकुरा अपच हुने गरी खादा पनि एसिडिटी हुन्छ ।

बासी खाना प्रयोगमा ल्याउनु, दूधको चिया, अत्यधिक कफी, खाना खानेबित्तिकै सुत्ने बानीले पनि एसिडिटी हुने गर्छ । धुम्रपान र मध्यपानले पनि एसिडिटी निम्त्याउँछ । निष्क्रिय जीवनशैली अर्थात् व्यायाम नगर्ने व्यक्ति पनि एसिडिटीबाट प्रभावित हुन्छन् । दुखाइ कम गर्ने औषधि एसएआइडीको प्रयोगले पनि एसिडिटी निम्त्याउँछ । 

कसरी  थाहा पाउने ?
पेट पोल्ने, अमिलो डकार आउने, भोक नलाग्ने एसिडिटीका मुख्य लक्षण हुन् । बिस्तारै ग्यास्ट्रिक बढ्दै जान्छ र मुखमा अमिलो पानी आउने, छाती पोल्ने बान्ता हुने, पेट दुख्ने,पेटमा जलन हुनेलगायत समस्या देखिन्छन् । 

कसरी बच्ने ?
एसिडिटीबाट बच्न खानपान व्यवस्थित गर्नुपर्छ । सकेसम्म घरको खाना खानुपर्छ, फास्टफुड, ड्राइफुड, तारेको र अत्यधिक मसाला प्रयोग गरेको खानेकुराबाट टाढा रहनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी र लसुनको सेवन गर्नाले एसिडिटीबाट बच्न सकिन्छ । नियमित व्यायाम गर्ने र औषधिको जाथाभावी प्रयोग गर्नु हुँदैन । 

धुम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । ग्यास्ट्रिकको समस्या बढेमा बिस्तारै अल्सर हुने, आन्द्रामा प्वाल पर्नेजस्ता समस्या देखिने भएकाले समयमै सचेत हुन आवश्यक छ ।  नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्