२७ असार २०८३, शनिबार

अस्ट्रेलियामा भयानक डढेलो लागेपछि आकाशै रातो (भिडियो)

अस्ट्रेलियामा भयानक डढेलो लागेपछि आकाशै रातो (भिडियो)

अस्ट्रेलियाको लोकप्रिय पर्यटकीय रिजोर्ट भएको सामुद्रिक किनार क्षेत्रमा लागेको भयानक डढेलोका कारण आगोका झिल्का उडिरहेका छन् भने आकाशको रंग रगत जस्तो रातो बनेको छ । 

मंगलवार माल्लाकूटा शहरतर्फ बढिरहेको डढेलोका कारण हजारौं पर्यटकहरू समुद्री किनारमा फसेका छन् । उनीहरूले भाग्ने कुनै ठाउँ पाएका छैनन् । अधिकारीहरूले आगोका कारण चट्याङ पर्ने र आगोका झिल्काको तुफान आउने चेतावनी दिएका छन् । 

‘डढेलोले माल्लाकूटामा असर पार्छ जस्तो देखिएको छ,’ भिक्टोरिया राज्यमा आपतकालीन व्यवस्थापन आयुक्त एन्ड्रु क्रिस्पले बताए । समुद्री किनारमा फसेका हजारौं मानिसको निगरानी गर्नका लागि उद्धार कर्मचारीहरूको तीन टोली तयार रहेको उनले बताए । 

अत्यधिक तापक्रम तथा डढेलोको झिल्काका कारण घर लगाय अनेकौं संरचना ध्वस्त भएको भए पनि शहरमा कसैलाई गम्भीर चोटपटक लागेको खबर छैन । केही क्षेत्रमा विद्युत् प्रवाह र फोन सेवा दुवै अवरुद्ध बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

माल्लाकूटातिर डढेलो बढिरहँदा त्यसले दुई लाख हेक्टर जमीनलाई ढाकिसकेको छ । त्यसले गर्दा आकाशै रातो भएका तस्वीरहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

अधिकारीहरूले उक्त क्षेत्रमा रहेमा लगभग ३० हजार पर्यटकहरूलाई डढेलोबाट बच्नकालागि भाग्न भने पनि उनीहरू अनिच्छुक रहेको वा असमर्थ भएकोले गर्दा त्यहीँ अड्किएका छन् । उनीहरूलाई समुद्री वा हवाई मार्गबाट उद्धारको प्रयास गरिएको एएफपीले लेख्यो । केहीले चाहिँ अन्तिम विकल्पका रूपमा महासागरको बाटो भएर भाग्नुपर्ने भएकाले लाइफ ज्याकेट लगाइरहेका छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्