३१ असार २०८३, बुधबार

करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चुनिएका छन् ।

उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भए । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् ।

भर्खरै नाडाको अध्यक्षमा निर्वाचित कुष्णप्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीको बाहुल्यता छ ।

‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेवारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु,’ उपाध्यक्षमा चयन भएपछि सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले भने ।

नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीको कार्यकाल २ वर्षको हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्