०३ असार २०८३, बुधबार

डीएभी विद्यालयले पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्ने तयारीमा

डीएभी विद्यालयले पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्ने तयारीमा

५ दिवसीय आनुभविक शिक्षण कार्यशालाको समापन भएसँगै डीएभी विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली भित्र्याउने निर्णय गरेको छ ।

नेपालमा डीएभी विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने पहिलो विद्यालय हुनेछ । विद्यालयका अध्यक्ष अनिल केडियाले भने, ‘यस पद्धति कक्षा नर्सरीदेखि १२ कक्षासम्म अबलम्बन गरिने छ ।’

शिक्षण कार्यशाला नसकिँदै डीएभी विद्यालयले दी प्रोटेजी ग्रूपसँग ३ वर्षसम्म आनुभविक पद्धतिको अवलम्बन, मूल्यांकन र सुदृढीकरणको लागि ३ वर्षसम्म साझेदार गर्ने निर्णय समेत गरेको छ । 

दी प्रोटेजी ग्रूपका मुख्य प्रशिक्षक जोएल एस गोडी र सहायक प्रशिक्षक पराग गान्धी र मोहन वेनकाटेश पलानीले करीब १७ वर्षको अध्ययन र अनुसन्धानबाट थ्री डी इ ई फ्रेमवर्कको आनुभविक शिक्षण पद्धती र सी एफ पी (क्लासरूम फेसिलिटेसन प्राक्टीसनर) कोर्स समेत शिक्षकलाई हस्तान्तरण गरेका छन् । ‘अनुभवदेखि ज्ञान बाड्ने प्रक्रिया पार गर्दा मानिसहरूको सिक्ने क्षमता ६०∞ देखि ९९∞ सम्म पुग्दछ,’ मुख्य प्रशिक्षक गोडीले भने, ‘हामी कहाँ रहेको परम्परागत (सुन्ने, पढ्ने र हेर्ने) शिक्षण पद्धतिले सामान्यतया १०∞ देखि २०∞ सम्म सिक्न सक्ने क्षमता प्रदान गर्दछ ।’

प्रशिक्षणको तेस्रो दिन किन्डरगार्टेनदेखि ८ कक्षासम्मका अभिभावकलाई समेत सहभागी गराइएको थियो । डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले नेपालमै यस प्रकारको शिक्षण पद्धति अवलम्बन गर्नु युगान्तकारी कदम रहेको बताइन् । उनले डीएभी विद्यालय परिवर्तित समय र युगको आवश्यकतालाई सम्बोधन गर्न सदैव तयार रहेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्