
प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।
संघीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।
सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।
प्रमखु सत्तारुढ दलले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा यसअघि ११ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।