०८ असार २०८३, सोमबार

नेपाली रत्न तथा आभूषणलाई विश्वबजारमा पुर्‍याउन मेला

नेपाली रत्न तथा आभूषणलाई विश्वबजारमा पुर्‍याउन मेला

नेपाल रत्न तथा आभूषण संघले नेपाली गरगहनालाई विश्वबजारमा प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्ने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त महोत्सवमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने संघका अध्यक्ष जोत्स्ना श्रेष्ठले बताउनुभयो ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर उहाँले रत्न तथा आभूषण व्यवसायीहरुबीच ऐक्यबद्धता स्थापित गराई व्यवसाय सञ्चालनका साथै रोजगारीका अवसर सिर्जना र राजश्व योगदानमा संघले सघाइरहेको जानकारी दिनुभयो ।

मेलामा देशका ४० वटा कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गर्ने जानकारी दिँदै उहाँले १० हजारभन्दा बढीले त्यसको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्