२६ असार २०८३, शुक्रबार

सागमा पदक विजेता कर्णालीका खेलाडीलाई नगदसहित भोलि पुरस्कृत गरिने

सागमा पदक विजेता कर्णालीका खेलाडीलाई नगदसहित भोलि पुरस्कृत गरिने

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३औं संस्करणमा पदक विजेता कर्णालीका खेलाडीलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने भएको छ ।

प्रदेशभित्रका पदक विजेता खेलाडीलाई नगद पुरस्कार वितरण गर्ने निर्णय भएको जानकारी कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले दिए ।

स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख वितरण गर्ने निर्णय भएको मन्त्री ज्वालाले फेसबूकमार्फत जानकारी गराएका छन् ।

'साग खेलकुद प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमानसहित रजत पदक प्राप्त गर्न सफल म्याराथन धाविका सल्यानी चेली पुष्पा भण्डारीलाई आफ्नै आर्थिक मामिला तथा योजना मन्त्रालयमा स्वागत गरी बधाई दिइयो !
साग खेलमा पदक प्राप्त गर्ने कर्णालीका खेलाडीहरूलाई प्रोत्साहित गर्न कर्णाली प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख पुरस्कार दिने निर्णय गरेको छ !' मन्त्री ज्वालाले फेसबूकमा लेखेका छन् ।

पुरस्कार नेपाल भ्रमण वर्षको उद्घाटन समारोहका अवसरमा बुधवार उपलब्ध गराइने जानकारी उनले दिएका छन् ।

'सो पुरस्कार पौष १६ गते (January 1) Visit Nepal 2020 को उद्घाटन समारोहमा वितरण गरिनेछ । सबै विजेता खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना !' मन्त्री ज्वालाले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्