२८ जेठ २०८३, बिहीबार

जासूसी गर्ने मानिस पत्ता लगाउनेलाई लाखौं पुरस्कार दिने घोषणा

कात्तिक २०, २०७४
जासूसी गर्ने मानिस पत्ता लगाउनेलाई लाखौं पुरस्कार दिने घोषणा
काठमाडौं, ३० चैत– चीन सरकारले सरकारकोे जासूसी रोक्नका लागि बेजिङका जनतालाई आकर्षक प्रस्ताव गरेको छ ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार बेजिङका जनतालाई जासूसीसँग जोडिएको जानकारी दिए ५ लाख युआन (४६ लाख नेपाली) इनाम दिने घोषणा गरेको छ । बेजिङका अधिकारीका अनुसार जनतालाई जासूस विरुद्ध काम गरिरहेको संयन्त्रलाई सुदृण बनाउन सहयोग गर्न आग्रह गरिएको हो ।

बेजिङ प्रशासनले गत वर्षं एक क्याम्पेन ल्याएको थियो जसमा जनतालाई विदेशी जासूसको आकर्षक योजनाबाट बच्न भनेको थियो ।

जासूसीको सम्बन्धमा जानकारीको सट्टा इनाम दिने नियम बेजिङ नगर निगमको सुरक्षा शाखाले जारी गरेको हो ।
जनताले व्यक्तिगत रुपमा या पोस्टका मार्फतबाट गत वर्ष जारी गरिएको हटलाइनमा जानकारी दिनसक्ने व्यवस्था गरिएको छ ।

यस्तो जानकारी दिने व्यक्तिलाई १० हजार देखि ५ लाख युआन सम्मको पुरस्कार राशी राखिएको छ ।
चिनियाँ सरकारी अधिकारीहरुका अनुसार चीन सरकारको केन्द्र भएका कारण विदेशी जासूसहरुले घुसपैठ, चोरी तथा मतभेद सृजना गर्ने उपयुक्त स्थानसमेत हो ।

जनवरीमा जियांग्सु प्रान्तमा माझीहरुले एक अनौठो बस्तु भेटेका थिए जसमा विदेशी भाषामा केही लेखिएको थियो ।

उक्त बस्तु माझीहरुले सरकारी अधिकारीहरुलाई दिएका थिए । जसको अध्ययनबाट चीनमा जासूसी भइरहेको पत्ता लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्