२१ जेठ २०८३, बिहीबार

आगामी चैत्रदेखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री हुने

पुस १७, २०७६
आगामी चैत्रदेखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री हुने

नेपालमा आगामी चैत्रदेखि उच्च गुणस्तरीय युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्रीका लागि तयारी शुरू गरेको छ ।

यसैअनुरूप इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसँगै युरो–६ पेट्रोल प्रयोगमा ल्याउन आयल निगमको डिपोमा अध्ययन थालेको छ ।

थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतिका लागि काम सुरु गरिएको भट्टराईले जानकारी दिए। उनका अनुसार युरो–६ सञ्चालनपूर्व थप सुरक्षाको व्यवस्था गर्नुपर्ने छ । भण्डारण ट्याङ्की तथा पेट्रोल बोक्ने ट्याङ्करको सफाइ र डिपोमा अर्थिङ गर्नुपर्ने उनको भनाइ छ ।

युरो–६ को पेट्रोल बढी संवेदनशील हुने र चट्याङका दृष्टिले जोखिमपूर्ण हुने भएकाले सबै डिपोको अर्थिङ फेर्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ, भट्टराईको भनाइ छ । हाल नेपालमा मासिक ५० हजार किलोलिटर पेट्रोल, एक लाख ४० हजार किलोलिटर डिजेल र २२ सय किलोलिटर मट्टितेल खपत हुन्छ ।

भारतमा आगामी अप्रिलदेखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि लागू गर्न लागिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्