×

NMB BANK
NIC ASIA

कांग्रेसमा किचलो

कांग्रेसमा बीपीको मेलमिलाप नीतिको भद्दा मजाक: आरोप–प्रत्यारोपमा नेता, 'फूटबल'जस्तो विधान !

पुस १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समयमा बढेको विवादले पार्टीलाई फुटको संघारमा लैजाने चिन्ता व्यक्त भइरहेका बेला सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको दाबी गरेका छन् ।

Muktinath Bank

बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफूले विधान नमिचेको जिकिर गरे । पार्टीलाई बलियो एवं सुदृढ बनाउन आफू लागिरहेको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवाले यसो भनिरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूले भने देउवाले पार्टीलाई कमजोर बनाउन खोजेको आरोप लगाइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

मंगलवार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापनइतर समूहको भेलापश्चात पौडेलले आफूहरू नयाँ ढंगले बढ्न बाध्य भएको बताए । 

Vianet communication
Laxmi Bank

'अब उप्रान्त पार्टीको कुनै पनि औपचारिक बैठकमा सामेल हुँदैनौं,' पौडेलले भने, 'देशैभरका नेता कार्यकर्तासँग छलफल गरेर हाम्रो आगामी रणनीति तय गर्नेछौं । त्यही कार्यक्रमअन्तर्गत पुस २१ गते जिल्ला सभापतिहरूसँग बस्ने निर्णय गरेका छौं ।'  

पौडेल पक्षको यो निर्णयले बिहीवार (आज) बोलाइएको केन्द्रीय समिति बैठक अन्योलमा परेको छ । 

पुस ११ गते पौडेल पक्षीय नेताहरूको बहिष्कारका बावजुद बसेको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशन कार्यतालिका सार्वजनिकसँगै विभागको संख्या बढाएर ४७ पुर्‍याउने, तरुण दलको म्याद थप्ने र विधानका केही धाराहरू निलम्बन गरेर क्रियाशील कार्यकर्ता थप्ने निर्णय केन्द्रीय समितिको बहुमतले गरेको थियो । 

सभापतिले बहुमत केन्द्रीय सदस्यहरूलाई साक्षी राखेर महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई प्रभावित पार्न खोजेको पौडेल पक्षको आरोप छ । 

पौडेल पक्षका नेताहरूले केन्द्रीय समितिले गरेको निर्णय फिर्ता गराएरै छाड्ने अडान लिएका छन् । केन्द्रीय समितिको बैठकले गरेको निर्णय फिर्ता नभएको अवस्थामा देशैभर छलफल चलाएर नयाँ ढंगले अघि बढ्ने पौडेल पक्षको अडानलाई कतिपय नेता कार्यकर्ताले पार्टी फुटको दिशातर्फ अघि बढिरहेको भन्दै चिन्ता प्रकट गरिरहेका छन् । 

बीपीको मेलमिलाप दिवस खल्लो ! 

२०३३ सालको पुस १६ गते नेपाली कांग्रेसको इतिहासमा महत्त्वपूर्ण दिन थियो । त्यो दिन कांग्रेसकै नेताहरूको शब्दमा 'जननायक' मानिने बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किका थिए । त्यही आलोकमा नेपाली कांग्रेसले प्रत्येक वर्ष पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने गर्छ ।

२०२५ कात्तिक १४ गते भारत निर्वासित भएका बीपी ८ वर्षपछि आफूमाथि राज्यद्रोहको अपराधमा फाँसीसम्म हुन सक्ने जोखिम मोल्दै राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्कनु अत्यन्त ठूलो राजनीतिक कदम थियो । कांग्रेसका कतिपय नेताहरू उनको त्यो कदमले नेपाली कांग्रेसको अहिलेसम्मको राजनीतिलाई निर्देशित गर्दै आइरहेको दाबी गर्छन् ।

नेताहरूको आन्तरिक लडाईंका कारण २०७६ सालको पुस १६ गते (बुधवार) को मेलमिलाप दिवस खल्लो बन्न पुगेको कांग्रेस नेता कार्यकर्ताहरूले टिप्पणी गरेका छन् । लोकान्तरसँग कुरा गर्दै विद्यार्थी नेता दीपक भट्टराईले बुधवार भने, 'आज कुनै कार्यक्रम पनि भएनन्, निकै खल्लो लागिरहेको छ ।' 

एक केन्द्रीय सदस्यले पनि बुधवारको दिन कांग्रेसको इतिहासकै खल्लो दिन बनेको आफूले पाएको बताए ।

'नेताहरूको स्वार्थको लडाईंका कारण आजको मेलमिलाप दिवस खल्लो बन्न पुग्यो, यसले नेता कार्यकर्ता र कांग्रेसका शुभचिन्तकहरूमा एकदमै नराम्रो सन्देश गइरहेको छ,' उनले लोकान्तरसँग गुनासो पोखे । 

पार्टी कार्यालयमा देखिएको त्यो रमिता 

मंगलवार साँझ प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस मुख्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा अधिकांश समय सरकारकै खेदो खनेका शर्माले पार्टीभित्र नेताहरूबीच केही असहमति हुनु पनि आन्तरिक लोकतन्त्रकै अंग रहेको टिप्पणी गरेका थिए । 

तर पार्टीभित्र सहमतिविपरीत महाधिवेशनको कार्यतालिका घोषणा हुनु, महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरू अन्तिम समयमा आएर गठन हुनु, विनासहमति एकपक्षीयरूपमा विभागको संख्या बढाइनु, विधानका कतिपय धाराहरू निलम्बन गर्नुजस्ता शंकास्पद् कामहरू किन गर्नुपरेको भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ शर्माले दिएनन् । 

यता शर्माले पत्रकार सम्मेलन गरिरहेका थिए भने उता भित्रपट्टि वरिष्ठ नेता पौडेलको कार्यकक्षमा डेढ दर्जन नेताहरू छलफलमा व्यस्त थिए । पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, डाक्टर रामशरण महत, डाक्टर मिनेन्द्र रिजाल लगायतका नेताहरू बसिरहेका थिए । पत्रकार सम्मेलन सकिएपछि पौडेल पक्षका एक युवा नेताले सञ्चारकर्मीहरूलाई डोहोर्‍याएर पौडेलको कार्यकक्षतर्फ लगे । 

कार्यकक्षभित्र उपस्थित नेताहरू पत्रकार सम्मेलनमा के भयो भन्दै पत्रकारहरूलाई नै प्रश्न गर्दै थिए । मतलब उनीहरू यता प्रवक्ता शर्माले गरेको पत्रकार सम्मेलनका बारेमा फिटिक्कै जानकार थिएनन् ।

एकातर्फ समग्र कांग्रेसको धारणा यही हो भन्दै शर्माले पत्रकार सम्मेलन गरेका थिए भने अर्कोतर्फ असन्तुष्ट नेताहरू छुट्टै बसेर 'नयाँ ढंगबाट अघि बढ्ने' रणनीति तय गर्दै थिए ।  

सञ्चारकर्मीहरूसँग बोल्दै पौडेलले पार्टीको सबै औपचारिक बैठक बहिष्कार गर्ने बताए भने पुस २१ गते जिल्ला सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । आफूहरू नयाँ ढंगले अघि बढ्ने दाबीसमेत पौडेलले गरे । नयाँ ढंगले अघि बढ्नु भनेको पार्टी फुटाउनु नभएको प्रस्टीकरण समेत पौडेलले दिए । 

वरिष्ठ नेता पौडेलको त्यो फेसबूक स्ट्याटस 

बुधवार मेलमिलाप दिवसको दिन बिहानै वरिष्ठ नेता पौडेलले फेसबूकमा आफूले सभापति देउवासँग हात मिलाएको पुरानो फोटो राखेर मेलमिलाप दिवसको शुभकामना व्यक्त गरे । 

'४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा, दिदीबहिनी र दाजुभाइहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु,' पौडेलले लेखेका छन्, 'आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा राष्ट्रिय मेलमिलापको आवश्यकता र महत्त्व अझ बढेको मैले महसूस गरेको छु । ऐतिहासिक दिनको स्मरणमा मनाइने यो दिवसले हामी नेपालीको आत्मीयता, आपसी सद्भाव, विश्वास र एकता अझ घनिभूत हुने र हाम्रो राष्ट्रियता बलियो हुने विश्वास लिएको छु ।'

अघिल्लो दिन छुट्टै तरिकाले अघि बढ्ने रणनीति तयार पारेको बताउने पौडेलले भोलिपल्ट आफ्नो आधिकारिक फेसबूक पेजमा देउवासँग हात मिलाएर मेलमिलाप दिवसको महत्त्व अझ बढेको आशय प्रकट गरेका हुन् । 

यसलाई कतिपय नेताहरूले संस्थापन इतरपक्ष नरम भएर प्रस्तुत हुन खोजेको रूपमा प्रष्ट्याउन खोजेका छन् भने कतिपय निर्वाचित केन्द्रीय समितिको निर्णय नमानेर पौडेलले नै मेलमिलाप नीतिको 'मजाक' उडाएको टिप्पणी गर्छन् ।

देउवापक्षीय एक केन्द्रीय समिति सदस्यले लोकान्तरसँग भने, 'विधान कहाँ मिचिएको छ भनेर उहाँहरूले प्रस्ट भन्न सक्नुभएको छैन । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विधि विधानविपरीत बार्गेनिङ गरेर उहाँहरू शक्तिमा आउन खोज्नु विडम्बना हो । मेलमिलाप नीतिको मजाक उडाउने तर फेसबूकमा भने सबैको प्यारो बन्न खोज्ने ?'

संसद्को बहुमतले गरेको निर्णय गलत भन्ने नैतिकता देउवामा रहेन : शेखर कोइराला 

संस्थापनइतर पक्षका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले सभापति देउवासँग संसद्को बहुमतले गरेको निर्णय गलत भन्ने नैतिकता नभएको टिप्पणी गरेका छन् । 

'सभापतिले संसदले बहुमतका आधारमा गरेको निर्णयलाई गलत भन्ने नैतिकता राख्नुहुन्न,' लोकान्तरसँग कुरा गर्दै डाक्टर कोइरालाले भने, 'पार्टीभित्र बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तर संसदले बहुमतका आधारमा गरेको निर्णय गलत भन्ने, यस्तो पनि हुन्छ ? यदि यस्तो हो भने, पार्टीमा बहुमतले गरेको निर्णय गलत हो भन्ने अधिकार हामीमा छ ।'

डाक्टर कोइरालाले महाधिवेशन कांग्रेसको उत्सवजस्तै भएको बताए । 'महाधिवेशन भनेको उत्सव मनाउने कुरा हो,' उनले भने, 'सभापति देउवा चुक्नुभयो । बहुमतका आधारमा निर्णय गर्नुभयो । अल्पमतको कदर गर्नुभएन । हामीले त्यो उत्सव मनाउन पाएनौं ।'

कोइरालाले देउवा एउटा गुटको मात्र सभापति हुन खोजेको आरोप लगाए । 

'उहाँले आफूलाई सबैको सभापति बनाउनुभएन । उहाँ एउटा गुटको मात्र सभापति रहेको पुष्टि भएको छ,' कोइरालाले थपे ।

पुस ११ गतेको केन्द्रीय समितिको निर्णय खारेज गर्न माग गर्दै कोइरालाले भने, 'महाधिवेशन कार्यतालिका सच्याएर मंसिरमा ल्याउने, केन्द्रीय समितिले क्रियाशील सदस्यताको छानबिन गर्न ५ सदस्यीय समिति बनाउने र अब विधानविपरीत काम गर्दिन भनेर प्रतिबद्धता जनाउने हो भने सहमति हुन सक्छ ।'

कोइरालाले नेपाली कांग्रेसको इतिहासमै पहिलोपल्ट एउटा गुटले मात्र महाधिवेशन गर्ने निर्णय गरेको टिप्पणी गरे ।

विधानका धारा निलम्बन गर्ने अधिकार उहाँहरूमा कहाँबाट आयो ? - मिनेन्द्र रिजाल 

संस्थापन इतरपक्षका प्रभावशाली नेता डाक्टर मिनेन्द्र रिजालले विधान परिवर्तन गर्न सक्ने अधिकार केन्द्रीय समितिको बहुमतलाई नभएको बताए । 

'केन्द्रीय कार्यसमितिले सर्वसम्मत ढंगबाट त विधान परिवर्तन गर्न सक्दैन भने बहुमतको कुरै छोड्नुस्,' उनले लोकान्तरसँग प्रश्न गरे, 'त्यो अधिकार उहाँहरूलाई कहाँबाट आयो ?'

डाक्टर रिजालले नेपाली कांग्रेसको इतिहासमा पहिलोपल्ट महाधिवेशनको विषयमा बहुमत र अल्पमतको मतविभाजन भएको बताए । 'नेपाली कांग्रेसको इतिहासमा महाधिवेशनको विषय बहुमत र अल्पमतमा निर्णय भएको थिएन, तर यसपालि त्यस्तो भयो,' उनले भने, 'एक पक्षको अनुपस्थितिमा उहाँहरूले निर्णय गर्नुभयो । कार्यतालिकाजस्तो विषय त सबैको सहमतिको विषय हो नि !' 

महासमितिले भर्खरै पारित गरेका विधानका धाराहरू फटाफट निलम्बन गर्ने काम कुनै पनि कोणबाट लोकतान्त्रिक नभएको डाक्टर रिजालको टिप्पणी छ । 

'महासमितिले भर्खरै विधान भर्खर पारित गरेको छ,' उनले भने, 'अनि विधानका धाराहरू खारेज गर्दै जानुभएको छ । फजुलमा १९ वटा विभाग थपिएको छ । विधानका धाराहरू निलम्बन गरिएको छ, अनि विधान उल्ट्याइएको छ ।' 

डाक्टर रिजालले महाधिवेशनमा भोटको चलखेल गर्न यो सबै गरेको आरोप लगाए । 'सभापतिले यो सबै किन गरिराख्नु भएको छ भन्दा ४७ वटा विभाग बनायो भने २३ सय भन्दा बढी नियुक्ति गर्न पाइन्छ । त्यसपछि तरुण दलमा त्यस्तै नियुक्ति गर्न पाइयो, अनि आचारसंहिता लाग्दैन ?' उनको आक्रोश थियो । 

महाधिवेशन प्रभावित पार्ने काम भयो - प्रकाशमान सिंह 

अर्का नेता प्रकाशमान सिंहले सभापति देउवाले अर्को वर्षको फागुनमा पनि महाधिवेशन गर्न नचाहेको आरोप लगाए । 'कथं कदाचित कुनै घटनाका कारण २०७७ को फागुनमा महाधिवेशन नहुने स्थिति आयो भने के हुन्छ ?' सिंहले प्रश्न गरे, 'त्यसैले अहिलेको निर्णय ठीक छैन ।' 

सिंहले महाधिवेशनमा चलखेल गर्न भनेर अन्तिम समयमा विभाग गठनको ढोंग रचेको आरोप लगाए । 'विभागमा आफ्ना पक्षका नेताहरूलाई पुरस्कारस्वरूप नियुक्त गरेपछि महाधिवेशन प्रभावित हुँदैन ?' सिंहको प्रश्न छ ।

आफूले जसलाई चाह्यो उसैलाई महाधिवेशनमा मत हाल्ने अधिकार दिने देउवाको एकलौटी र स्वेच्छाचारिता पार्टीमा देखिएको सिंहले बताए । 

'उहाँमा जे गरेपनि हुन्छ भन्ने भावना पलाएको छ,' सिंहले भने, 'यो निर्णय करेक्सन हुनुपर्छ । यसका लागि सभापति आफैं अघि सर्नुपर्छ । यसको विकल्प छैन ।'

दोस्रो पुस्ताका नेताहरूले मिलाउन पहल गर्दै हुनुहुन्छ- भीष्मराज आङदेम्बे 

संस्थापननिकट मानिएका केन्द्रीय समिति सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेले दुवै पक्षबीच सहमतिका लागि दोस्रो पुस्ताका नेताहरू अग्रसर भएको खुलासा गरे ।

'मलाई लाग्छ दुवै पक्ष सहमतिमै अघि बढ्नेछ,' लोकान्तरसँग कुरा गर्दै आङदेम्बेले भने, 'सहमतिको प्रयासका लागि दोस्रो पुस्ताका नेताहरूले पहल गरिरहनु भएको छ ।'

आङदाम्बेले पार्टीको महाधिवेशन कार्यतालिका जारी गरेर आफूहरूले कुनै गल्ती नगरेको स्पष्ट पारे । 

'उहाँहरूले नै महाधिवेशनको कार्यतालिका ल्याउनुस् भनेको होइन र ?' उनले प्रश्न गरे, 'महाधिवेशनमा नयाँ नेतृत्व आइहाल्छ नि ! अहिले किन असन्तुष्ट हुनुपर्‍यो ?'

आङदेम्बेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गइरहेको स्वीकारे । 

'पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गइरहेको छ, यस्तो अवस्थामा बीपीको राष्ट्रिय मेलमिलापको नीति अझ बढी सान्दर्भिक छजस्तो मलाई लाग्छ,' उनले भने, 'दुवै पक्षले सबै कुरा मैले नै भनेको हुनुपर्छ भन्ने अडान त्याग्नुपर्छ ।'


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x