१९ असार २०८३, शुक्रबार

इन्डोनेसियामा बाढीपहिरोको कहर : २१ जनाको मृत्यु

इन्डोनेसियामा बाढीपहिरोको कहर : २१ जनाको मृत्यु

इन्डोनेसियामा भयंकर बाढीपहिरो आएपछि बिहीवार कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । बढीका कारण हजारौं मानिस थालथलो छोड्न बाध्य बनेका छन् । 

राजधानी जकार्तामा नयाँ वर्ष मनाइरहेका हजारौं मानिसलाई मुसलधारे वर्षाले निथ्रुक्क भिजाएको थियो । 

जकार्ताको डोमेस्टिक विमानस्थल पनि बन्द भएको छ र त्यहाँ २० हजार यात्रुहरू अड्किएका छन् । 

राष्ट्रिय विपत्ति न्यूनीकरण एजेन्सीका प्रवक्ता एगस विबोवोले बुधवार बताएअनुसार, पानी परेर नदीको जलस्तर बढेपछि कम्तीमा ९० वटा टोलहरू पूरै डुबेका छन् र कोटा डेपोकमा पहिरो आएको छ । 

विबोवोले मृत्यु हुनेमा १६ वर्षे विद्यार्थी पनि रहेको बताए । १९ हजारभन्दा बढी मानिस अस्थायी शिविरमा बसिरहेका छन् । बाढीको पानी कतैकतै १० फीटसम्म पुगेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्