२३ जेठ २०८३, शनिबार

नाकेढुङ्गामा टिपर दुर्घटना : एक जनाको मृत्यु

नाकेढुङ्गामा टिपर दुर्घटना : एक जनाको मृत्यु

जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना हुँदा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

टिपर सडकदेखि ५०० मिटर तल पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्