एक विमानस्थलको टर्मिनलमै एक यात्रुले पिसाब गरिदिएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
घटनाको भिडियोमा ती व्यक्ति विमानस्थलको वेटिङ एरियामा कुर्सीमा बस्दै गर्दा पिसाब फेरेको देखिन्छ । उनले पिसाब गरिरहँदा अन्य यात्रुहरूले हरेका थिए ।
इन्स्टाग्रामको प्यासेन्जर श्याम्मिङ पेजमा यसको भिडियो शेयर गरिएको छ ।
भिडियो हेरेपछि मानिसहरूले अनेकौं किसिमका टिप्पणी गरे । केहीले कोही कसरी सार्वजनिक रूपमा पिसाब गर्न सक्छ भनी सोधे भने केहीले चाहिँ ती व्यक्तिलाई पक्राउ गर्नुपर्ने धारणा राखे । अन्यले चाहिँ अरू यात्रुले उसलाई किन नरोकेको भनी टिप्पणी गरे ।
एजेन्सी