२९ असार २०८३, सोमबार

विश्वकी सबैभन्दा मोटी महिलाको तौल २४२ किलो घट्यो

कात्तिक २०, २०७४
विश्वकी सबैभन्दा मोटी महिलाको तौल २४२ किलो घट्यो
इजिप्टबाट यस वर्षको फेब्रुअरीमा भारत आएकी विश्वकी सवैभन्दा मोटी महिला इमान अहमदको वजन २४२ किलो वजन कम गर्न डाक्टरहरु सफल भएका छन् । मुम्बइको सैफी अस्पतालमा यी महिलाको उपचार भइरेको छ ।
डाक्टरको उक टीमका अनुसार भारत आएपछि उनको कुल तौल २७० किलोसम्म कम भएको छ । भारत गएको समयमा उनको वजन ५०० किलो थियो । अप्रेशन पछि यीनको तौल आधाभन्दा कम भएको छ ।

डाक्टरहरुका अनुसार अप्रेसनपछि यी महिलालाईदिनको दुई घण्टा फिजियोथेरापी गर्न लगाउने गरिएको थियो जसका कारण उनको वजन कम भएको हो ।

अप्रेसनमा संलग्न डाक्टर अपर्ण भास्करले भनिन्,‘जब उनी भारत आएकी थिइन् उनी हिड्न, बस्न सक्दिनथिन् । उनलाई क्रेनको सहायतमा अस्पतालमा लगिएको थियो ।’

आघा घण्टा लगाएर गरिएको सर्जरीमा उनको पेसको साइजलाई ७५ प्रतिशत कम गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्