३० असार २०८३, मंगलबार

साइकल चलाएर थाकेका यात्रुलाई भार्सेमा शुद्ध कोदोको झोल !

कात्तिक २०, २०७४
साइकल चलाएर थाकेका यात्रुलाई भार्सेमा शुद्ध कोदोको झोल !
गुल्मी चैत ३० - नयाँ वर्षको अवसरमा बैशाख १ गते देखि गुल्मीको भार्सेमा सुरु हुन गई रहेको राईट फर भार्से फलाई फर भार्से कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

आयोजक संस्था गुल्मी भार्सेली युवा विश्व सञ्जालका अध्यक्ष किशन थापाले दिएको जानकारी अनुसार देशभरका साईकल यात्रीहरु वुटवलमा जमघट हुने छन् । बुटवलबाट हिडेका साईकल यात्रीलाई बुधवार साँझ रुरु फ्रेण्डश क्लवले भव्य स्वागत गर्ने छ । उनीहरु साँझ गुल्मीको रुरुमा आइपुग्नेछन् । उसले साईकल यात्रीहरुहरुलाई सबै व्यवस्थापन गर्ने छ । रिडीबाट चैत ३१ गते विहान हिडेका साईकल यात्रीहरु जोहाङ्ग खैरेनी हुँदै साँझ भार्से पुग्ने आयोजकले जनाएको छ ।

२५ जना भन्दा बढी साईकल यात्रीहरुलाई स्थानीय परम्परागत लोक सांस्कृति र परिकारले स्वागत गर्ने छन् । साइकल यात्रामा थाकेका यात्रीहरुलाई शुद्ध कोदोको मदिरा चखाउने चाहाना स्थानीयले गरेका छन् । भार्सेको कोदोको मदिरा जिल्लाभर प्रख्यात छ ।

बैशाख १ गते विहान भार्से जन सहयोगग माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहमा साईकलीङ्ग रेस गरिने छ भने माथी मयलडाँडा र देउराली डाँडाबाट प्याराग्लाईडिङ्ग उडाएर त्यस भेगको आकाश रङ्गिन पार्ने भार्सेली युवा विश्व सञ्जालका अध्यक्ष किशन थापाले दिए ।

फोक्सिङ्ग हुँदै साईकल यात्रीहरु सेतीवेनी पुगेर स्टिमरबाट तल मिर्मी ड्यामको यात्रा गर्ने छन् । तेश्रो दिन विविध सांस्कृतिक कार्यक्रमका विच कार्यक्रमको समापन गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा विश्व साईकल यात्री पुस्कर शाह र विश्वकीर्तिमान कार्यक्रम गर्न सफल सानुवावु सुनुवार आकर्षणको केन्द्र हुनेछन ।

पहिलो दिन जिल्ला भर र छिमेकी जिल्लावासी समेत सहभागी हुने आयोजकले अपेक्षा राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्