३१ असार २०८३, बुधबार

जागिर खोज्न गएकी महिलामाथि रक्सी खुवाएर‘ग्याङ रेप’

कात्तिक २०, २०७४
जागिर खोज्न गएकी महिलामाथि रक्सी खुवाएर‘ग्याङ रेप’
हरियाणाको फरीदाबादको सेक्टर २१ मा रहने एक व्यक्तिले साथीहरूसँग मिलेर दिल्लीमा महिलालाई रक्सी खुवाएर उनको साथ बलात्कार गरेका छन् ।
यसपछि बेहोसी अवस्थामा रहेकी पीडितलाई दिल्लीको जसोला अपोलो रेल स्टेशनमा छोडेर फरार भएका छन् । प्रहरीले महिलालाई सफदरजंग अस्पतालमा भर्ती गराएका थिए । प्रहरीले महिलाको वयानको आधारमा केस दर्ता गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पीडित महिलाको पतिसँग तलाकको मुद्दा चलिरहेको छ । उनी अहिले पतिसँग छुट्टै आफ्नो सात वर्षको छोरासँग बस्दै आएकी छिन् । दिल्लीको विनोद नगरमा बस्दै आएका उनलाई केही दिन पहिला फरीदाबाद निवासी कारोबारी नरेन्द्र वशिष्ठको फोन नम्बर दिए । उसले पीडित महिलासँग राम्रो जागिर दिने आश्वासन दिए । नरेन्द्रले फोन गरेर ९ अफ्रिलमा जसोल अपोलो मेट्रो स्टशनमा भेट्नका लागि बोलाए ।

घटनाको दिन पीडित महिला साँझ साढे ४ बजे जसोला अपोलो मेट्रो स्टेशनमा पुगिन् । नरेन्द्र पहिल्यौ आफ्नो कार लिएर त्यहाँ बसेका थिए ।
कारमा महिलालाई लिएर उनी फरीदाबारमा एक भवनमा पुगे । त्यहाँ उनका साथीहरुपनि थिए । त्यही दिन साँझ ५ बजे उनीहरुले रक्सी पिए । रक्सी पिएपछि नशामा रहेकी उनीमाथि बलात्कार भयो । त्यसपछि उनलाई स्टेसनमा लगेर छोडिदिए । जुन घटना स्थानीयले देखे र प्रहरीलाई खबर गरे ।

salt training

कमेन्ट गर्नुहोस्