०२ असार २०८३, मंगलबार

जनजाति महासङ्घको विधान संशोधन, आठ उपाध्यक्ष र १० सचिव हुने

कात्तिक २०, २०७४
जनजाति महासङ्घको विधान संशोधन, आठ उपाध्यक्ष र १० सचिव हुने

चितवन, ५ पुस - नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले प्रदेशअनुसार ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी विधान संशोधन गरेको छ ।

आजको बन्दसत्रले १३ सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका कानुनी सल्लाहकार रामजी कोङरेनले जानकारी दिए ।

संशोधित विधानअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उनले जानकारी दिए । यसअघि अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित पाँच उपाध्यक्ष र पाँच सचिवको व्यवस्था थियो ।

संशोधित विधानअनुसार समावेशीतर्फ एक उपाध्यक्ष र एक सचिव महिलाबाटै प्रतिस्पर्धा भएर आउने तथा अन्य पाँचजना सचिव अनिवार्य गरिएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए ।

यसअघि सोमबार प्रस्तुत भएको कोषाध्यक्ष जगत बरामको आर्थिक तथा महासचिव पेम्वा भोटेको साङ्गठनिक प्रतिवेदनसमेत पारित गरेको महासङ्घका नेता राजकुमार लेखीले बताए । यस पटक २२ विदेश शाखा, ७१ जिल्ला समन्वय परिषद् र महासङ्घमा आबद्ध जातीय संस्थाबाट चारसय ५० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक महाधिवेशनमा सहभागी छन् ।

निर्वाचनमा ५६ जातीय सङ्गठनका प्रतिनिधि मात्रै भाग लिन पाउँछन् । महासङ्घका अध्यक्ष कुमालका अनुसार अहिले नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत दल निकट प्यानलबाट जगत बरामले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने नेकपा (एमाले) निकटबाट सूर्य भुजेलले उम्मेदवारी दिएका छ ।

salt training

कमेन्ट गर्नुहोस्