१९ असार २०८३, शुक्रबार

कच्चा पदार्थको अभावले उद्योग संकटमा

पुस २०, २०७६
कच्चा पदार्थको अभावले उद्योग संकटमा

कच्चा पदार्थको अभावले रुपन्देहीको एक फरक प्रकृतिको उद्योग संकटमा परेको छ ।

यसै कारण उद्योगमा लगानी पनि जोखिममा परेको उद्योगीले बताएका छन् । 

५ करोड लगानीमा २०७२ सालदेखि रुपन्देहीको केरवानीमा सञ्चालनमा आएको स्पिड इनर्जी इन्डस्ट्रिज प्रालि कच्चा पदार्थको अभावले संकटमा परेको हो ।

यसले दुई पांग्रे र चार पांग्रे सवारी साधनमा प्रयोग हुने टायर, ट्युब तथा रबरलाई पायरोलाइसिस प्रक्रियाद्वारा प्रशोधन गरी फर्नेस आयल, कार्बन ब्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्