
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पुस २३ गतेदेखि बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक माघ १५ गतेका लागि सारेको छ ।
आइतवार बिहान ९ बजे बसेको सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सारेको हो ।
तत्कालीन माओवादी र एमाले एकीकरण भएर नेकपा बनेपछि केन्द्रीय कमिटीको बैठक जम्मा एकपटक बसेको थियो ।
२०७५ सालको जेठ ३ गते पार्टी एकीकरणकै दिन बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकतालाई अनुमोदन गरेको थियो ।
त्यसयता केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन ।