
कतार एयरवेज शहिद स्मारक 'ए' डिभिजन लीगअन्तर्गत मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दीबीचको खेल बराबरीमा सकिएको छ ।
सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र र मनाङबीचको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
खेलको दोस्रो मिनेटमै आडेवुमी फेमीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।
निकै रोमाञ्चक बनेको खेलमा ४६ औं मिनेटमा मछिन्द्रका सुजल श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलमा लगातार दबाब बनाएको मछिन्द्रका लागि खेलको ८१ औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै २-१ को स्थितिमा ल्याए । तर अन्तिम अवस्थामा मछिन्द्र सम्हालिन सकेन । मनाङका लागि ८८ औं मिनेटमा विमल रानाले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
यससँगै मछिन्द्र र मनाङले एक-एक अंक बाँडेका छन् ।