१३ असार २०८३, शनिबार

भव्यरूपमा कार्यक्रम सम्पन्न भएको भन्दै योगेश भट्टराईले गरे खण्डन

भव्यरूपमा कार्यक्रम सम्पन्न भएको भन्दै योगेश भट्टराईले गरे खण्डन

नेपाल भ्रमण वर्षको प्रचार-प्रसारका लागि सिड्नीमा आयोजित र्‍यालीलाई त्यहाँको प्रहरीले रोक लगाएको भन्ने समाचारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खण्डन गरेका छन् ।

मौन जुलुसमार्फत पर्यटन प्रवर्द्धन गरिएको जानकारी गराउँदै मन्त्री भट्टराईले मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रको सम्बन्धमा खलल पुग्ने गरी समाचार आएको समेत आरोप लगाएका छन् । 

हेर्नुहोस्, मन्त्री भट्टराईले फेसबूकमा लेखेको स्टाटस :

अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरूका तर्फबाट शुभकामना मन्तव्य पनि व्यक्त भएको थियो । मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ।

पढ्नुहोस्, यो पनि :

अनुमति नलिई मन्त्री भट्टराईले अस्ट्रेलियामा भिजिट नेपालको र्‍याली निकालेपछि...
 

salt training

कमेन्ट गर्नुहोस्