११ साउन २०८३, सोमबार

यस मुलुकमा अब हप्ताको ४ दिन मात्र काम गरे पुग्ने, ६ घन्टाको शिफ्ट

यस मुलुकमा अब हप्ताको ४ दिन मात्र काम गरे पुग्ने, ६ घन्टाको शिफ्ट

फिनल्यान्डकी नयाँ प्रधानमन्त्री सना मरिनले कर्मचारीको कामको बोझ घटाउन र परिवारलाई बढी समय दिन नयाँ प्रस्ताव ल्याएकी छन् ।

प्रस्तावअनुसार कर्मचारीहरूले हप्तामा चार दिन काम गरे पुग्छ । अनि काम पनि दिनको आठ घन्टा नभई ६ घन्टा गरे पुग्छ । 

संसारकी सबभन्दा कान्छी प्रधानमन्त्री बनेकी सना मरिनले कर्मचारीलाई खुशी बनाउने प्रस्ताव ल्याएकी हुन् । 

परिवारलाई समय दिन अनि आफ्ना सोखहरू पूरा गर्न कर्मचारीलाई सहज हुने भएकाले हप्ताको तीन दिन छुट्टी दिन लागिएको मरिनले बताइन् । फिनल्यान्डवासीले यस प्रस्तावको स्वागत गरेका छन् । 

हालै गरिएका केही सर्वेक्षणहरूले थोरै घन्टा काम गर्दा उत्पादकत्व बढ्ने देखाएका छन् । माइक्रोसफ्ट कम्पनीको जापानस्थित कार्यालयले पोहोर साल हप्तामा चार दिन काम गर्ने गरी परीक्षण गरिएको थियो ।

चार दिन काम गर्दा मानिसहरूको वर्क प्रोडक्टिभिटीमा ४० प्रतिशतले वृद्धि भएको पत्ता लाग्यो । 

अनि अस्ट्रेलियाको मेलबोर्नमा एक संस्थाले दिनको ६ घन्टा काम गराउने विषयमा सर्वेक्षण गराएको थियो ।

सर्वेक्षणमा के पत्ता लाग्यो भने ६ घन्टा मात्र काम गर्दा कर्मचारीहरूले बेकारको इमेल पठाउने, लामो बैठक गर्ने र अनावश्यक रूपमा इन्टरनेट उपयोग गर्ने फाल्तु काम गर्दैनन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्