
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो। बराबरी खेलसँगै दुवै टोलीले एक÷एक अङ्क बाँडेका छन् ।
जारी लिगमा पाँच खेल पूरा गरेको हिमालयन शेर्पाले ३ अङ्क जोडेको छ । यसअघि खेलेको चार खेलमा हिमालयन शेर्पाले दुई खेलमा बराबरी तथा दुई खेलमा पराजय भोगेको थियो । शेर्पाले नेपाल पुलिस क्लबसँग गोलरहित बरबरी र अर्को विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ०सँग १–१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै हिमालयन शेर्पा त्रिभुवन आर्मी क्लबसँग २-० ले तथा ब्रिगेड ब्वाईज क्लब ९बीबीसी०सँग १–० ले पराजित भएको थियो । समान खेल खेलेको फ्रेण्ड्स क्लबले दुई अङ्क जोडेको छ । यसअघि फ्रेण्ड्सले एक खेलमा बराबरी तथा तीन खेलमा हार बेहोरेको थियो।
लिगको सुरुआती खेलमा फ्रेण्ड्स क्लब आर्मीसँग २-१ ले पराजित भएको थियो भने ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० सँग २–० ले तथा मछिन्द्रसँग ३–० ले पराजित भएको थियो । त्यस्तै फ्रेण्ड्सले मनाङ मस्र्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।
जारी लिगमा बुधबार दुई खेल हुनेछ । जसमा पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र थ्रिस्टार क्लब आमने सामने हुनेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।