१४ असार २०८३, आइतबार

‘ब्लान्ड लुक’ मा ब्रिटनी

पुस २३, २०७६
‘ब्लान्ड लुक’ मा ब्रिटनी

 हलिउडकी स्टार गायिका ब्रिटनी स्पियर्स फेरि आफ्नो चर्चित पुरानो ‘लुक’ मा फर्किएकी छन्।

डेलिमेल डटको डट यूकेको रिपोर्टअनुसार माबीबाट छुट्टी बिताएर घर फर्केपछि ब्रिटनीले एउटा भिडियो सेयर गरेकी छन् जसमा उनी आफ्नो नयाँ ‘हेयर कलर’ ‘ब्लाइन्ड लुक’मा देखिएकी छन्।

यो भिडियोको साथमा उनले लेखेकी छन्, ‘सायद मलाई ब्लन्ड्स लुक राम्रो देखिन्छ। यो धेरै प्रोफेसनल हलिउड हेयर र मेकअप होइन। यो ओरिजिनल हो। म अहिले छुट्टीमा फिल्म हेरिरहेकी छु।

भर्खर स्विमिङ पुलबाट बाहिर आएकीले मेरो कपाल भिजेको छ। माफ गर्नुहोला।’ भिडियोमा ब्रिटनी सेतो ट्युब टप र सर्टमा लसएन्जलसको घरमा सोफामा बसेर क्यामेरा फेस गरिरहेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्