२१ असार २०८३, आइतबार

किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन बल्ल भेटिए दाता

किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन बल्ल भेटिए दाता

झापाका तत्कालीन किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीलाई घर निर्माण गर्न स्थानीय समाजसेवी भक्तिप्रसाद तिवारीले जग्गा प्रदान गरेका छन् । 

विसं २०२८ मा झापामा भएको किसान विद्रोहका क्रममा उनले नौ वर्ष तीन महिना कठोर जेल जीवन बिताउनु भएको थियो । ७० वर्षीय चौधरी आफन्तमा बस्दै आएका छन् ।  

बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिनेभएपछि तिवारीले  साढे पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।  

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले किसान विद्राहका नेता चौधरीलाई नगरपालिकाले निःशुल्क आवास  बनाइदिने  जानकारी दिए।

नगरपालिकाद्वारा मंगलबार  आयोजित कार्यक्रममा नगरप्रमुख शिवाकोटीले  चौधरीलाई पुर्जा हस्तान्तरण गरे।

कार्यक्रममा समाजसेवी तिवारीले आफूले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरे।  

चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २०० गरीब तथा विपन्नलाई आवास निर्माण गर्नेसमेत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्