
सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ ।
काउन्टरको उद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घवप्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घवप्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरे ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ सेवा विस्तार गर्न पाएकोमा स्थानीय समक्ष खुशी व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरे ।
उद्घाटन् समारोहमा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर सञ्चालनमा आएकोमा स्थानीय तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा एटीएम रहेका छन् ।